धरान । लायन्स क्लब अफ क्यालिबर, सूर्या लाइफ इन्स्युरेन्स, राइड फर राइट्स नेपालको संयुक्त आयोजनामा बुधबार धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदानमा ६९ युनिट रगत सङ्कलन भएको आयोजक मध्येको लायन्स क्लब अफ क्यालिबरकी अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको श्रेष्ठले जनाइन् ।

जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गरे । कार्यक्रममा लायन्सका धीरज गुरुङ, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, सूर्या लाइफ इन्स्युरेन्सका धरान शाखा प्रमुख थीरलोचन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।