धरान । लायन्स धरान इष्ट र लायन्स धरान घोपा युनाइटेडले बुधबार धरान–४ देवीगाउँस्थित कुलुङ वनमा बृक्षरोपण गरेको छ ।
वनमा आँप, कटहर, जामुन प्रजातिका बिरुवा रोपिएको लायन्स क्लब अफ धरान इष्टका अध्यक्ष राजीव दाहालले जानकारी दिए । नयाँ लायनिस्टिक वर्ष २०२०–०२१ को अवसरमा ‘रुख रोपौंm, वातावरण जोगाऔं’ भन्ने नाराका साथ बिरुवा रोपिएको थियो ।
बिरुवा रोप्नका लागि लायन्सकी सिनियर एड्भाइजर मीना पुलामी, एम्बेस्डर अफ गर्भनर आभा सुवाल, रिजन चेयरपर्सन निरज गुरुङ, जोन चेयरपेर्सन कविता लिम्बूलगायतको सहभागिता रहेको थियो ।