पथरी / मोरङको कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा १ –१ जना कोरोना संक्रमण भेटिएको छ ।
कानेपोखरी गाउँपालिकाले जनसेवा माविको क्वारेन्टाइनमा रहेको १४ जनाको आइतबार पिसिआर टेष्ट गरेका मध्येबाट एकजना पुरुषमा कोरोना देखिएको हो ।

वडा नं. ५ का १८ बर्षिय पुरुष ७ दिन अघि काठ्माडौबाट बसमा जनसेवाको क्वारेन्टाइमा आएका थिए । उनि बैदेशीक रोजगार मलेशियाबाट काठमाडौं हुर्दै कानेपोखरी आएका क्वारेन्टाइनका व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतले बताए ।

कोरोना संक्रमित पुरुषसँग एकै कोठामा बसेका २ जना थप चेकजाँचका लागी क्वारेन्टाइनमै राखिने र संक्रमित व्यक्ति आजै गोठगाउँको आइसोलेसनमा लाने तयारी गरेको स्वास्थ संयोजक रोहिन्द्र राज भण्डारीले बताए । बाँकी ११ जना आजै घर फर्किएका छन् ।

त्यसैगरी मोरङको उर्लाबारी नगरपालिकामा पनि बुधबार पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमित भेटिएका छन् । उर्लाबारी–४ का ४६ बर्षका पुरुषमा कोरोना भेटिएको जनाइएको छ । यो सँगै प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।