ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ  ।

आज १ सय १७ महिला र ३ सय ६५ पुरूषमा संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ४ हजार ६ सय ५६ जना पुगेकाे प्रवक्ता डा. गौतमले जनाएका छन् ।डिस्चार्ज भएकाहरू मध्ये हजार मा महिला र पुषकाे संख्या खुलिनसकेकाे उनले बताएका छन् 

आज प्रदेश १ मा २८ जनमा संक्रमण पुष्टि भएकाे बताउदै उनले हालसम्म प्रदेश १ मा ६ सय २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन् ।

अाज अछामका एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे प्रवक्ता डा. गौतमले जनाएका छन् । 

याेसंगै नेपालमा हालसम्म काेराेना संक्रमणकाे पुष्टि भएका मृतकहरूकाे संख्या ३० पुगेकाे छ ।