ब्लाष्टखबर । इटहरी उपमहानगरपालिका २० तरहराकी एक महिलामा काेराेना संक्रमण देखिएकाे छ । भारतको ब्याङ्लोरबाट अाएकी ती महिला हाेम क्वारेन्टाइनमा बस्दै अाएकी थिइन् ।

असार १२ गते धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गरिएकाे इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाकाले बताएका छन् । उनका अनुसार ती महिलामा संक्रमण देखिए संगै थप उपचारका लागि वीपी प्रतिष्ठान धरान ल्याउने तयारी भईरहेको छ । उनको अबस्था सामान्य रहेको छ ।