संखुवासभा । संखुवासभामा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । जिल्लाको चैनपुर नगरपालिका स्थित पिलुवा क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार उनीहरुमा पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु केही दिन अघि भारत, कुबेत र साउदीबाट आएका थिए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार चैनपुर नगरपालिकाका २ जना र धर्मदेवी नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।

कोसी अस्पताल विराटनगरमा स्वाव परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जनायो । विदेशबाट आएपछि उनीहरु पिलुवामा भएको क्वारेन्टिनमै बस्दै आएका थिए । यसअघि भारतबाट आएका खाँदबारी र पाचखपनका २ युवालाई संक्रमण देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।