ब्लाष्टखबर । अमेरिकामा रहेका प्रवासी नेपालीकाे संस्था प्रवासी नेपाली एकता मञ्चले अमेरिकाकाे दुई राज्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
काेराेना महामारीका बिचमा गरिएकाे रक्तदान कार्यक्रममा न्युयोर्क र टेक्सासको डयालासमा गरी १ सय ८ जनाले रक्तदान गरेका छन् । मध्य न्युयोर्क शहरको उडसाइड स्थित सत्यनारायण मन्दिरमा भएकाे रक्तदानका कार्यक्रममा ९१ जनाले रक्तदान गरेका थिए भने, टेक्सासमा एकै पटक धेरै जना भेला हुन प्रतिवन्ध भएका कारण १७ जनाको मात्र रगत संकलन गरिएकाे थियाे ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी न्युयोर्कमा संस्थाका केन्द्रिय सदस्य तथा सक्रिय समाजसेवी कृष्ण आचार्य र टेक्सासमा संस्थाका केन्द्रिय सदस्य तथा इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष समाजसेवी शुशील क्षेत्रीले कार्यक्रमलाई संयाेजन गरेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरूले रक्तदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष टेक गुरुङ तथा संयाेजकहरूले रक्तदाता स्वयमसेवक तथा उपस्थित सम्पूर्णमा आभार प्रकट गरेका थिए । त्यस्तै, १७९ औं पटक रक्तदान गर्ने अर्जुन मैनालीले ३३ औं पटक रक्तदान गर्ने समाजसेवी लियाेन कृष्ण आचार्यलाई वल्ड ब्लड डाेनर रेकाेर्ड अवार्डले सम्मानित गरेका थिए ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved