ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ  । आज  १ सय १२ महिला र ३ सय ६४ पुरूषमा संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

आज १ सय २१ जना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ३ हजार १ सय ३४ जना पुगेकाे प्रवक्ता डा. गौतमले जनाएका छन् । 

यस्तै, नेपालमा काेराेना संक्रमणकाे पुष्टि भएका मृतकहरूकाे संख्या २९ पुगेकाे छ ।