- विवेक मिश्र/ लक्ष्मीमार्ग
मोरङको सुन्दरहरैचामा खरका छाना भएका घरले अब जस्तापाता पाउने भएका छन् । नगर क्षेत्रलाई खरका छानामुक्त बनाउने अभियान अनुसार आइतबारदेखि जस्तापाता बाँड्न थालिएको छ।
सुन्दरहरैचाले सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान नाम दिएर यो अभियान सुरु गरेको छ’, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले भने, नगरपालिका भित्रका २ सय ४० खरका छानालाई यसै वर्ष विस्थापन गरी जस्तापाता हाल्ने योजना छ । विपन्नलाई लक्षित गरेर यस्तो अभियान सुरुवात गरिएको नगर प्रमुख ढकालले बताए । यो वर्ष एक वडा २० घर गरी १२ वटै वडाका २ सय ४० घरमा जस्तापाता लगाई दिने नगर प्रमुख ढकालले बताए ।
पैसाको अभावले खरको छानोमा बस्नु पर्ने बाध्यता हटाउन स्थानीय सरकार लागी परेकाे नगर प्रमुख ढकालले बताए ।