ब्लाष्टखबर । चट्याङको आवाजले बेहोश भएका उदयपुरका एक युवककाे मृत्यु भएकाे छ ।
शनिबार आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको उपचारका क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।