धरान / मदन भण्डारी फाउण्डेशन सुनसरीले आज मद भण्डारीको सम्झनामा धरानमा वृक्षारोपण गरेको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा औषधीय गुण भएको ‘गीनको वाइलोवा’ प्रजातीको विरुवा रोपिएको हो । धरान–८ स्थित सभागृह परिसरमा १० बोट विरुवा रोपिएको हो ।
जापानमा दोश्रो विश्वमा हिरोशिमा नागासाकीलाई बमले ध्वस्त बनाएर उजाड मरूभूमि हुँदा पनि गिन्कगो बाइलोबा भने मरेको थिएन ।
ऋतु अनुसार परिर्वतन हुने उक्त विरुवा रोपेर माक्सवाद सिद्धान्तलाई नेपालमा सृर्जनात्मक प्रयोग गरेर नयाँ सिद्धान्त बनाउने जननेता मदन भण्डारीको सम्झाना गरिएको मदन भण्डारी फाउण्डेशन सुसनरीका सचिव किशोर कुमार कार्कीले बताए ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशन क्षेत्रीय सदस्य तथा नेकपा प्रदेश सदस्य मुरारी सुवेदी, नेकपा जिल्ला कमिटी सदस्य तथा धरान नगर इञ्चार्ज चोत्लुङ, जिल्ला कमिटी सदस्य भूमिका चौलागाई, नेकपा धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो । फाउण्डेशनका सचिव किशोरकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारीको योगदानका विषयमा समेत चर्चा गरिएको थियो ।