ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका तथा चोरि भएका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनिलाई बुझाएकाे छ ।

बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा करिब १०,३८,१००।-(दश लाख अढतिस हजार एक सय) मुल्य बराबरका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको  कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।-(पचपन्न लाख छ्‍यासी हजार पाँचसय वीस) रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकेकाे कार्यालयले जनाएको छ ।