कालाबन्जार । इनरुवा-७ भान्शिया माइ स्थान मन्दिर परिसरमा शनिबार वृक्षरोपण गरिएकाे छ ।
मन्दिर व्यवस्थापन समितिले सेभ द अर्थ सुनसरी संयाेजनमा रुद्राक्ष, बेल, अमला पलास, सल्लो, स्वामी, श्रीखण्ड, रक्तचन्दन, निम साथै फूलका बिरुवा राेपण गरिएकाे सेभ अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । इनरूवा ७ का अध्यक्ष किशोर सिंहकाे सहयाेगमा बिरूवा राेपण गरिएकाे हाे ।
वडाध्यक्ष किसोर सिंह, समाजसेवी सज्जनलाल चौधरी र सेभ द अर्थका प्रतिनिधिहरू देवी चौधरी, पुजारी झमेली खत्वे लगायत सहभागी थिए । जौविक विविधतामा मह्त्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएकाे छ ।