धरान /सामाजिक कार्यमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन फाउण्डेशन नेपालले मोरङ सुनसरी जिल्लाका अपाङ्ग, दृष्टिविहिन र वृद्घ आश्रममा एक लाख सहयोग गरेकाे छ ।
उर्लाबारी मंगलबारे शारीरिक अपाङ्गता, दृष्टिविहीन, बौद्घिक अपाङ्गता भएकाे ब्याँसकुमार लिम्बूको परिवारलाई २५ हजार आर्थिक सहयोग गरेकाे हाे । त्यस्तै उपचारको अभावमा शारीरिक अपाङ्ग हुन पुगेका मोरङ भौँसाबारीका टीका तामाङलार्ई २० हजार अर्थिक सहयोग गरेकाे छ ।
त्यस्तै अनाैठो रोगबाट अनुहार, कुरुप बन्न पुग्गेका बेलबारीका आस्था धिमाल र उनका भाइ आर्यन धिमाललाई २० हजार रूपैयाँ सहयाेग गरेकाे हाे । इटहरीकाे डम्फु चोकका चार छाेराछाेरीनै दृष्टिविहिन बनेकाे लक्षमण तामाङकाे परिवारलाई १५ हजार र इटहरी ८ पकलीमा रहेकाे रामजानकी मन्दिरकी शान्ति वृद्घआश्रमका वृद्घाहरूलाइ साबुन र चार वटा ग्यास उपलब्ध गराएकाे हाे ।
रुखबाट लडेर शारीरिक आपाङ भएका तेह्रथुम घर भई हाल धरानमा आफन्तको बस्दै आएका नरेन्द्र लिम्बूलाई १० हजार आर्थिक सहयोग गरेकाे छ । विपन्न व्यक्तिहरूलाई प्रत्यक्ष भेटेर सहयोग गर्न पाउँदा खुसी लागेकाे फाउण्डेशन नेपालका सहसचिव भक्तिहाङ नेम्बाङले बताए ।
आगामी दिनमा सहयोग गदै जाने फाण्डेशनको योजना रहेको नेम्बाङले बताए । बेलायतमा रहेको ब्रिटिस गोर्खा भूपू सैनिकहरू सहभागी रहेको राष्टि्य विभुति महागुरु फागुनन्द लिङ्देन फाण्डेशन नेपालको सहयोगको कारण समाजिक कार्य सफल भएको महागुरु फागुनन्द्र लिङ्कदेन फाण्डेशन नेपालका सदस्य लोकेन्द्र लिम्बुले बताए ।
यस सस्थामा धेरै जसो ब्यक्तिहरू ब्रिटिश गोर्खा भुपु सैनिकहरु आवद्घ भएकाले पनि सामाजिक कार्य गर्नु सहज र सफल भएको फाउण्डेशन सदस्य लोकेन्द्र लिम्बुले बताए । यस पालिको सहयोग लक्षितवर्गको घरदैलोमा पुग्गेर दिन पाउदा धेरै खुशी लाग्यो उनीहरुको अवस्था निकै नाजुक रहेछ । हामो्र सहयोग उनीहरुको लागि निक्कै प्रभापकारी भएको लोकेन्द्र लिम्बुले बताए ।
अहिले कोरोनाको सकटकाल र वर्षायामको समयमा घरघरमै पुग्गेर सामाजिक काम लाई सहयोग गर्नु सहज अवस्था थिएन । सबैतिर बाडी पहिरो बाटोहरु असुविधा यस्तो जोखिमपुर्ण अवस्थामा पनि सबैको घरमा पुग्गे सहयोग गरेको देख्दा यो फाउण्डेशनको काम निक्कै रामो लाग्गेको समाजसेवी सुशील लिम्बुले बताए। सामजसेवी लिम्बुले यस्तो समाजिक कामहरु लाई निरन्तरःदिदै जान समेत फाउण्डेशनलाई सुझाब दिएका छन ।
बेलायतमा बसेर पनि ब्रिटीश गोर्खा भुपु सैनिकहरुले राष्टिय विभुति महागुरु फागुनन्द लिङ्कदेन फाउण्डेशन नेपाल मार्फत सामजिक क्षेत्रमा पुराउनु भएको योगदान निक्कै प्रभापकारी भएको छ । बेलायतमा रहेको ब्रिटीश गोर्खा भु.पु सैनिकहरुको सहभागी रहेको राष्टिय विभुति महागुरु फागुन्द लिङ्कदेन फाण्डेशन नेपालले अहिले कोरोना र बर्षायमको समयमा पनि मोरङ्क र सुनसरी जिल्लाका ६ वटा ठाउँमा अपाङ्क,दृष्टिविहिन र वद्घ आस्रममा ब्यक्तिmहरुलाई सहयोग बिशेस सहयोग पुराएका छन् ।
कोरोना,लकडाउन, र वर्षायामको समयमा आर्थिक सहयोग पुराउनु भएको निक्कै खुशी लाग्गेको उलाँबारीका शारिरक अपाङ्क ब्यास कुमार लिम्बुले बताए । अहिले आर्यआर्जनको माध्यम केहि नभएकोले भोकै बस्नु पर्नै स्थिती भएको अवस्थामा राष्टिय विभुति महागुरु फागुनन्द लिङ्कदेन फाउण्डेशनले हामी जस्ता गरिब दुखीहरुलाई सहयोग पुर्याउनु भएकोमा खुशी लागेकाे बताउदै धन्यवाद समेत दिएका थिए ।