धरान / नेपाल माहेश्वरी महिला सङ्गठन नेपाल योग प्रशिक्षण शिविरमा गोल्डेन बुक अफ वल्र्ड रेकर्ड कायम गरेको छ ।
अखिल भारतवर्षीय माहेश्वरी महिला सङ्गठनले आयोजना गरेको शिविरमा नेपालको माहेश्वरी सङ्गठनबाट ५५ जना सदस्य सहभागी बनेका थिए ।

जसमा सुनसरीका सपना मुधण्डा, सुधान सोनी, काठमाडौंकी कनिष्क माहेश्वरी, बिर्तामोडकी रीता चितलाँगियाले अवार्ड जितेका थिए । लकडाउनको समयमा जुम एपमार्फत् काठमाडौं, सुनसरी, विराटनगर र सगरमाथा मञ्च सहभागी बनेको सङ्गठनकी अध्यक्ष अनिता अटलले जानकारी दिइन् ।

महामारीका बेला सङ्गठनले खाद्य सामग्री तथा मास्क, सेनिटाइजर र नगद सहयोग गरेको थियो । गीता परिवारले आयोजना गरेको इसंस्कार बाटिकामा १ सय ३५ जना बालबालिकाहरू पनि सहभागी रहेका थिए । मे ६ देखि २० सम्म गरिएको कार्यक्रममा १९ जना बच्चाले हाजिरीजवाफ प्रतियोगितामा विजेता बनेका थिए ।
मे १९ का दिन काठमाडौंमा अनलाइन वर्कसपसमेत गरिएको थियो । जसमा ह्वाटएप, जुम र इमेल आइडी बनाउनेदेखि पठाउनेसम्म जानकारी गराइएको थियो ।

होलिस्टिक हिलर सोन जी बिहानले जुम एममार्फत् हेल्थ वर्कसप गराएको थियो । जसमा मुद्रा, योगा, एक्युप्रेसर, कलर थेरापीबारे जानकारी गराइएको थियो । जसमा डाक्टर गोविन्द त्रिवेदीले सहजीकरण गरेको सङ्गठनकी अध्यक्ष अनिता अटलले जानकारी दिइन् ।