ब्लाष्टखबर । बक्राह खाेलाले बगाएर मोरङ रतुवामाई नगरपालिकाकी एक महिलाकाे मृत्यु भएकाे छ ।
बिहिबार साझ चौपाया चराउन गएकी नगरपालिकाकाे ५ वडा स्थित गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हाे ।
चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी साहकाे आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएकाे छ ।