ब्लाष्टखबर । कानेपोखरी स्थित महेन्द्र राजमार्गमा भएकाे सवारी दुर्घटनामा परी ३ जनाकाे मृत्यु भएकाे छ ।
बिहिबार राती कानेपोखरी गाउँपालिका–७ मा स्थित महेन्द्र राजमार्गमा दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले पैदल यात्री महिलालाई ठक्कर दिदाँ अनियन्त्रित भई विपरीत दिसाबाट आउदै गरेकाे मे १० प २७५६ नम्बरको माेटरसाइकल पनि ठक्कर दिएकाे थियाे ।
स्कोरपिओकाे ठक्करबाट माेटर साइकलमा सवार दुई पुरूष र पैदल यात्री महिलाकाे मृत्यु भएकाे प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।
दुर्घटनामा पैदलयात्री अन्दाजी ४५ वर्षीय पहिचान नखुलेकी महिलाकाे घटना स्थलमै मृत्यु भएकाे छ । मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको उपचारका लागी नोबेल मेडिकल कलेज लाने क्रममा बाटैमा र पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।