ब्लाष्टखब । विराटनगरमा पानी जमेकाे खाल्डाेमा डुबेर एक बाबालककाे मृत्यु भएकाे छ । 

उपमहानगरकाे १८ नम्बर वडामा रहेकाे आइसिपि भवन अगाडीको खाली खेतमा पानि जमेकाे खाल्डाेमा डुबेर साेहि ठाउँका  ७ बर्षीय  अंकुश मण्डलको मृत्यु भएको हाे ।

 बिहिबार बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ । 

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।