धरान / धरान–१३ र २० को सीमामा पर्ने बीपी पार्कभित्र जननायक बीपी कोइरालाको पूर्ण कदको सालिक बिहीबार शिलान्यास गरिएको छ ।
परिवर्तनशील समाज नेपालले गठन गरेको निर्माण समितिले निर्माण गर्न लागेको बीपी कोइरालाको पूर्ण कदको सालिक शिलान्यास गरिएको हो । प्रदेश १ का सांसद् चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले संयुक्तरूपमा शिलान्यास गरे ।
आउँदो भदौसम्ममा सालिक निर्माण गरिसक्ने लक्ष्य लिएको निर्माण समितिका संयोजक पूर्ण राईले जानकारी दिए । बीपी कोइराला राजनीतिमा मात्रै होइन, साहित्य क्षेत्रमा पनि चर्चित व्यक्ति हुन् । बीपी पार्कलाई व्यवस्थित बनाउनका लागि सालिक निर्माण गर्न लागिएको संयोजक राईले जानकारी दिए ।