धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औं स्थापना दिवसको अवसरमा संगठनको धरान उपमहानगर कमिटीले आज गरेको रक्तदानमा ११३ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा धरानको भानुचोकमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया रहेका थिए । संगठनले स्थापना दिवसमा नियमित रक्तदान गदैं आएको छ ।

यो बर्ष कोभिड–१९ का कारण भएको रगत अभाव टार्न पनि रक्तदान गरेको संगठनका उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राई, धरान नगर इञ्चार्ज चोत्लुङ, नगर अध्यक्ष नारायण सुवेदी, इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ का संयोजक सरोज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साेही अवसरमा संगठनले कामधेनु दुग्ध सहकारी संस्थाले उपलब्द गराएकाे २५ हजार बराबरकाे राहत सामाग्रीसमेत मजदुरहरूलाइ वितरण गरेकाे छ ।

105542411_664406024142735_5512045260664622862_n106182261_722292531878643_220569016111719949_n 104885763_284546616000042_4218767734217342103_n