ब्लाष्टखबर । ओखलढुंगामा याक्टर दुर्घट्नामा भारतीय नागरिककाे मृत्यु भएकाे छ ।
जिल्लाकाे मानेभञ्ज्याङ गाउपाँलिका -६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा भएकाे ट्याक्टर दुर्घटनामा चालक भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमनकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादैँ गरेकाे ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते भएका उनकाे स्थानीय मिसन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दुर्घटना भएकाे ट्याक्टर नम्बर नखुलिसकेकाे छैन ।