ब्लाष्टखबर । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बु खाेलामा वेपत्ता भएका छन् । सोमबार दिउँसो घरबाट टिपटाला तर्फ जाँदै गरेका सिजनेमा खोलाले बगाएर तमाेर पुर्याए पछि बेपत्ता भएका हुन् । बेपत्ता भएका उनकाे खाेजी कार्य भइरहकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
त्यस्तै, साेमबार नै साथिहरूसंग तमरमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका-५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले हो-हल्ला गरेपछी स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी ईलाका प्रहरी आठराईमा जानकारी गराएसगै प्रहरी टोली समेत खटि गई खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।