धरान । आकांक्षा नेपालले युवाहरूलाई नेतृत्व विकास तालिम दिएको छ ।
धरान–१३ को भूपू सैनिक संघको सभाहलमा आइतबार ३० जना युवाहरूलाई तालिम प्रदान गरिएको हो । तालिममा नेतृत्व, नेतृत्वको शैली, सीप, नेतृत्वको प्रकार र नेतामा हुनुपर्ने गुणलगायतका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरे ।
युवाहरूमा असल संस्कार र सोचको विकास गर्ने उद्देश्यले तालिम प्रदान गरिएको आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताइन् । तालिमबाट सिकेका कुराहरूलाई मार्ग निर्देशन गर्ने सहभागी विजय घिमिरेले जानकारी दिइन् ।