भण्टाबारी/ सुनसरीको कोशी गाउँपालीकामा बसेका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
कोशी गाउँपालीका वार्ड नम्बर १ स्थित रहेको राजापोखरीको क्वारेन्टाइनमा बसेका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीकी ति महिलाहरु केहिदिनअघि भारतबाट आएकी हुन् ।
 
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट आएका स्वास्थ्यकर्मीको टोलिले असार २ गते ६ जनाको पिसिआर टेस्ट लगेकोमा चारजनाको रिपोर्ट आउँदा दुईजनामा संक्रमण पुष्टि भएको हो । थप दुईजनाको रिपोर्ट आएको छैन ।