वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा थप दुईजनामा पिसीआर रिर्पोट पोजेटिभ आएसंगै कोरोना संक्रमण हुनेको संख्या ८ पुगेको छ ।
नगरपालिकाको वार्ड नम्बर ८ र १० का दुईजना पुरुषमा कोभीड–१९ संक्रमण पोजेटिभ देखिएको हो ।
सोमबार आएको ५३ जनाको रिर्पोट मध्ये, उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको वराहक्षेत्र नगरपालिका जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।
भारतबाट आएका उनीहरू वार्ड नम्बर १० को प्रकाश माविको क्वारेन्टाइन बस्दै आएका थिए ।
यसअघि ७ वर्षीय बलिका र सशस्त्र जवानसँगै ६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
हाल सम्म नगरको वार्ड नम्बर ५ का ३ जना ,७ वाट र ८ वाट २,२ र १० नम्बर वार्डको १ जनामा कोरोना पोजेटिभ देखिएको, उनीहरु सबै स्थानिय भएको स्वास्थ्य निरीक्षक मेहताले जानकारी दिए ।