श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ४ गते बिहीबार, १८ जुन २०२० । आषाढ कृष्ण द्वादशी तिथि ९ः१६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणी ८ः४६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध कामकाजहरू सुचारु हुनेछन् । आफन्तको सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बन्न लागेको काममा बाधाहरू आइपर्न सक्छ । बोल्दा विचार पुर्याउनु होला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । नोकरीमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । धार्मिक क्षेत्रमा सक्रिय भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । शरीर आलश्य र मनमा अशान्ति छाउला । दाम्पत्य जीवनमा केही समस्या आइपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहनसम्बन्धी काममा विशेष लाभ मिल्ला । साथीभाइ तथा आफन्तजनको सहयोग प्राप्त भइरहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधुरा कामकाजहरू सुचारु हुनेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट होला ।