श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ३ गते बुधबार, १७ जुन २०२० । आषाढ कृष्ण एकादशी तिथि ७ः३३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी ६ः२५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधाहरू आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक ठाउ“मा धन खर्च हुनेछ । बहुमूल्य वस्तु हराउने वा चोरी हुनसक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका विभिन्न स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । विभिन्न स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलनको योग छ । मिष्ठान्न भोजन प्राप्त होला ।