धरान / लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सा नेपालको संसदबाट आज पारित भए पछि धरानमा खुशीयालीमा मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)) र स्वस्फुर्त नागरिकले छुट्टाछुटटै दिपावली गरे । साँझ भानुचोकमा राष्ट्रिय झण्डा र नयाँ नक्सा बनाएर दिप प्रज्वलन गरिएको छ ।
संसदबाट नयाँ नक्सा पारित भएको भन्दैं नेकपा सम्बद्ध विद्यार्थी नेता, युवा नेता तथा पार्टीका नेताहरुले केपीओली नेतृत्वको सरकारको प्रशंसा गदैं खुशियाली मनाए ।
यता धरान–१४ स्थित विजयपुरमा जेष्ठ नागरिकहरुले पनि खुशियालीमनाएका छन् । ९२ बर्षका अमृत श्रेष्ठ, ,८६ बर्षका लालबहादुर लम्साल, ७१ बर्षका नरबहादुर बिक तथा स्थानिय वडावासीहरुले स्वतहस्फुर्त रुपमा नक्सा पास भएको खुसियालीमा विजयपुर चौकमा दिप प्रज्वलन गरेका थिए । आज साझ बिजयपुर चोकमा गरियो । 

आज बसेको प्रतिनीधि सभा बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको गरेको छ । सोही अवसरमा विभिन्न स्थानमा जनताले खुशियाली मनाएका छन् । बैठकमा उपस्थित २५८ सांसदहरुले संविधान संशोधन विधेयकको पक्ष मत दिए ।

103589415_3115799075152186_1192738527265303151_o 82867474_573066020306387_3773883357257269289_n 103983517_247790249850475_2018061856413851343_n  104205320_267850504457061_2562504245402949489_n 83016120_10213990041545270_2428545128313995575_n 103047142_10213990042705299_6964631273984080023_n 104182756_266844267758274_4533243677950853106_n 104098809_10213990040345240_1999500393337610319_n 102960486_10213990040905254_1468672653795995683_n 103890478_394073504829523_8175207660044672602_n