वि.सं. २०७७ जेठ २८। बुधवार। इ.स. २०२० जुन १०। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। पञ्चमी, २१:५७ उप्रान्त षष्ठी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः कानुनी तथा न्यानिक क्षेत्रमा लाग्ने समय छ । कुनै विशेष प्रकारको मानसम्मान प्रँप्त हुन सक्छ । आफ्नो कार्यलाई निरन्तरता दिंदा उत्तम होला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः आज कुनै मान सम्मान पुरस्कार आदि प्राप्त होला । इष्टमित्रहरुसंग भेटघाट राम्रै होला । पुरानै कार्य व्यवसायलाई निरन्तरता दिनुहोला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः नआज कुनै चिन्ताको वातावरण बन्न सक्छ । समान हराउने फुट्ने नोक्सान हुने हुन सक्छ । हरबखत सचेत रहेर बस्नु होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः प्रभावकारी समय आएको छ । नया नया काम गर्ने जोश जांगर बढ्नेछ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः समय राम्रँे छ । दैनिक कामकाजहरु सहजै सम्पन्न होलान् । छोटोदुरीको लाभदायी र रोमाञ्चक यात्रा होला । कार्य सिद्धिको योग छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः समय मध्यम खालको छ । अनावश्यक काममा धन नाश होला । अशुभ समाचारले मन खिन्न बनाउला । कसैसंग बाद विवादमा फसिंएला ।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते)ः खाद्यन्नका विभिन्न परिकार प्रँप्त होलान् । इष्टमित्रको सहयोगको लागि समय र धन खर्च होला । छोटो तथा रमाइलो यात्रा होला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः विभिन्न ठाउ“को यात्रा होला । नाता सम्बन्ध पनि दह्रो हुनेछ । भोलीको लागि योजना अनुसार लगानी गर्ने समय छ । समयको प्रतिक्षा गर्नु होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । सुन चा“दी जस्ता धातुजन्य पदार्थको व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । उत्तरार्धमा वियोगको समाचार सुनिएला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः सरकारको तर्फबाट भय उत्पन्न होला । मनमा भय लाग्ने खालका सामान्य कुरा होलान् । उद्योग व्यवसाय बाट प्रशस्त लाभ मिल्ला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः समय राम्रो छ । दैनिक कामकाजहरु सहजै सम्पन्न होलान् । धन धर्म र भाग्यको उदय होला । प्रेमीका वा दिदी बहिनीबाट विशेष सहयोग प्राप्त होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः खास काम गर्न भ्याइएला जस्तो छैन । कामको चाप निकै बढ्ने छ । दिनको उत्तरार्धतिर केही शुभसमाचार सुन्न पाइएला जस्तो छ ।