भद्रपुर / भारतीय नागरिकको एक हुल गए राति भद्रपुर आइपुगेका छन् । भद्रपुर गलगलिया नाकाबाट भारत घर फर्किने भन्दै काठमाडौँबाट आएका ५० जना भारतीय नागरिक भद्रपुरमै अलपत्रमा परेका छन् । सरकारले झापाको काँकडभिट्टा नाकाबाहेक अन्य नाकालाई अनुमति नदिँदा उनीहरू यहाँ आएर अलपत्रमा परेका हुन्
उनीहरू काठमाडौँबाट बस रिर्जव गरी भानुनगरमा ओर्लिएका थिए । त्यहाँबाट हिँडेर नाका जान लाग्दा भारतीय नागरिकको हुललाई स्थानीयले बाटैमा रोकेका थिए । उनीहरूलाई बाटैमा रोकेपछि स्थानीयको भिड लागेको थियो । स्थानीयले उनीहरूलाई रोकेर प्रहरी बोलाएर जिम्मा लगाएका थिए ।
उनीहरू विहारको ठाकुरगञ्ज र पश्चिम बङ्गाल जान यहाँ आइपुगेको जिल्ला प्रहरीले जनाएको छ । अलपत्र परेका उनीहरूलाई भद्रपुर मावि बाहिर राखिएको छ । भारतीय एसएसबीले अनुमति दिए उनीहरूलाई पठाइदिने प्रहरीले जनाएको छ ।