धरान । धरान–१५ सिद्धकाली चोकको नौलो पथस्थित नरबहादुर श्रेष्ठको घरमा हालै भएको आगलागीमा परेर श्रेष्ठको आमा र बहिनीको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठको ८७ वर्षीया आमा र सुस्त मनस्थितिकी ५७ वर्षीया बहिनीको जलेर मृत्यु भएको छ । जलरे मृत्यु हुनेमा धनमाया श्रेष्ठ र सीता श्रेष्ठको जलेर मृत्यु भएको हो तर इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले ‘डेड बडी’ देखिएको भए पनि आगो पूर्ण नियन्त्रणमा आएपछि हेरिने बताए ।

fire_dharan

उनले हाल आगो नियन्त्रणमा आइसके पनि वस्तुस्थिति विवरण लिने कार्य भइरहेको बताए । माथिल्लो तला काठले बनेका कारण पूर्ण रूपमा जलेको थियो । धरानका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसके पछि मात्रै उनीहरूको जलेर मृत्यु भएको पुष्टि भएको छ । स्थानीयले ग्यासको सिलिण्डर ठूलो आवाजमा पड्केको सुनेका थिए ।

fire_dharan_two

तस्बिरः सञ्जय शर्मा

तर, प्रहरीले भने विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरेको छ । नरबहादुर भने उक्त घरमा नबसी नयाँ घरमा सरेका थिए । आमा र बहिनीमात्रै घरमा बस्दै आएका थिए । छोरासमेत धनकुटा गएकाले घरमा वृद्धा आमा र बहिनी मात्रै रहेका थिए ।

आगालागीबाट के कति क्षति भएको हो भन्ने विषयमा यकिन विवरण आउन सकेको छैन । काठको दुई तले घरमध्ये तल्लो तलामा भने इँटाको वाल लगाइएका कारणले क्षति कम भएको स्थानीय शिला बज्राचार्यले बताइन् ।

fire_dharan_one

तस्बिरः सञ्जय शर्मा