धरान । धरान–१५ स्विमिङ पुल नजिकै २० मिनेट अगाडिदेखि नरबहादुर श्रेष्ठको घरमा आगालागी भएको छ ।

बरगाछी प्रहरी पोष्टका अनुसार आगालागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयबासी जुटिरहेका छन् ।

काठले बनेको दुई तले घर जलेर पूर्णरूपमा नष्ट भएको जनाइएको छ ।