वि.सं. २०७७ जेठ २०। मंगलवार। इ.स. २०२० जुन २। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। एकादशी, ०९:५६ उप्रान्त द्वादशी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः मन केही मात्रामा रमाउनेछ । आम्दानी राम्रै होला । नया“ सोचविचा उत्पन्न हुनुका साथै सिर्जनात्मक काममा सहभागी भइएला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मन आनन्दित हुने समय छ खुसीको खबर सुन्न पाइनेछ । लाभदायक यात्रा पनि हुने प्रवल सम्भावना छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः यात्राको समय छ । शारीरिक परिश्रम अति बढी नै गरे पनि राम्रै कामको लागि होला भन्ने ठान्नुहोला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः घरायसी सामान किनमेल गर्ने समय छ । सानो ठूलो उपहार वस्तु पनि प्राप्त होला । जिद्दि गर्ने बानी छोड्नुभए राम्रो होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः आजको दिन सामान्य मान्नुहोला । कुनै नराम्रो सपना देखिनसक्छ । अशुभ संकेतको ख्याल गरेर काम गर्नुहोला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः सांगीतिक समारोहमा उपस्थित हुनुपर्ला । सो कार्यक्रमबाट तपाईंको प्रतिष्ठा वृद्धि हुनेछ । व्यवहारिक बन्नु वेश हुनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः धन वृद्धि हुने समय आएको छ । सानाठूला कामबाट धेरथोर अर्थ वृद्धि भइरहला । समयको सदुपयोग गर्नुहोला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः आजको दिन मध्यम खालको छ । तपाईंलाई केही भौतिक वस्तुद्वारा सम्मान मिल्नेछ । शरीर प्रफुल्ल रहनेछ ।
धनु (या,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः मन वेचैनजस्तो होला । के गरौं के नगरौं भन्ने खालको सोच मनमा आउला । एउटै कामलाई पनि धेरै प्रयास गर्नुपर्ला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः घरायसी सामान किनमेल गर्ने समय छ । भोग विलासिताका समान पनि प्राप्त होलान् । राम्रै धन खर्च होला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः पुरानो डुबेको धन मिल्ने समय छ । यश धर्म वृद्धि हुने खालको काम होला । व्यवहारिक कठिनाइबाट पार भइएला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः यात्राको समय आएको छ । बौद्धिकतामा ह«ास आउनसक्छ । मानसिक चिन्ताबाट मुक्त रहने प्रयास गर्नुहोला ।