धनकुटा / धनकुटा नगरपालिका वडा नं.७ त्रिवेणी चोकस्थित सब्जी बजारमा शंखधर साख्वा प्रवेशद्धार निर्माण हुने भएको छ ।
प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५ लाख र जनश्रमदान ५० हजार गरी जम्मा ५ लाख, ५० हजार रुपयाँको लागतमा शंखधर शाख्वा प्रवेशद्धार निर्माण हुन लागेको हो । प्रवेशद्धारको प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठले सनिवार शिलान्यास गरेका छन् ।

धनकुटा नगरपालिका वडा नंं.७ सिरवानीमा शंखधर साख्वाको शालिक रहेको र सो शालिकसम्म जाने दुरी र नेवारी पहिचानलाई स्थापित गराउने उदेश्यले शंखधर साख्वा प्रवेशद्धार निर्माण गर्न लागिएको नेवाःपुचः धनकुटाका अध्यक्ष श्रीकृष्ठ प्रधानले वताए । उनले नेवारी पहिचानमा आधारित भएर प्रवेशद्धार आगामी असार मसान्तसम्ममा निर्माण भैसक्ने बताएका छन् ।

प्रवेशद्धार २१ फिट उचाई, साडे ५ मिटर चौडा भएको हुनेछ । नेवारी संस्कृतिमा आधारित भएर निर्माण गरिने प्रवेशद्धारको दाँयावाँया पानस ४ वटा, विचमा सुकुण्डा, पिलरको विच भागमा ४ वटा मुकुण्डासंगै म्याकामु र स्यानामु, पिलरको दुवै तिर खडलु र घण्टी राखीने उपभोक्ता समितिका अध्यक्ष केदारनाथ श्रेष्ठले जानकारी दिएका छन् ।
तस्विरहरु पनि छन् ।