विराटनगर/लकडाउनको समयमा प्रदेश १ मा ८१ वटा सवारी दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । चैत ११ देखि जेठ १२ गतेसम्म प्रदेश १ मा २६ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

जेठ १२ गतेसम्म लकडाउन भएको ६१ दिन पूरा हुँदा सबैभन्दा बढी दुर्घटनामा परी मोरङमा ज्यान गुमाउनेको संख्या बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटना परी सुनसरीमा ६, झापामा ५, ताप्लेजुङमा २ र ओखलढुङगमा १ जनाको मृत्यु भएको हो ।

लकडाउन सुरु हुँदा सबैभन्दा बढी चैतमा दुर्घटनमा परी मृत्यु भएको छ । चैत महिनामा ९ जनाको मृत्यु भएको छ । यस्तै वैशाखमा ६ र जेठ १२ गतेसम्म ८ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते २९ जना भएका छन् भने सामान्य घाइते ८९ जना रहेका छन् । सवारी दुर्घटना हुने सबैभन्दा बढी मोटसाइकल रहेको एसपी दाहालले बताए । सवारी साधान अनयन्त्रित भएर दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।