धरान । द आर्ट अफ लिभिङ नेपालले धरान सेन्टरमार्फत् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरिएको छ ।

कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सहरूलाई लक्षित गर्दै पीपीई प्रदान गरिएको हो । बीपी प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई पीपीई प्रदान गरिएको छ । संस्थाको काठमाडौंस्थित रहेको कार्यालयले प्रदान गरेको पीपीई धरानकी संयोजक पार्वती श्रेष्ठले प्रदान गरिन् ।आर्ट अफ लिभिङका महासचिव सन्दीप साहको अगुवाइमा पीपीई प्रदान गरिएको श्रेष्ठले जानकारी दिइन् ।

अस्पताल निर्देशक साहले संकटका बेला स्वास्थ्यकर्मीलाई लक्षित गर्दै प्रदान गरिएको सामग्रीले मनोबल बढाएको बताए । हस्तान्तरण कार्यक्रममा धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण, संस्थाकी प्रशिक्षक सरस्वती श्रेष्ठ, पार्वती श्रेष्ठ, जनक खड्कालगायतको उपस्थिति रहेको थियो । यसैबीच धरान–१८ नम्बर वडालाई प्रतिष्ठानमा उपचाररत बिरामीहरूका कुरुवालाई खाना खुवाउनका लागि ५१ ह्जार रुपैयाँ प्रदान गरिएको सदस्य पार्वती श्रेष्ठले बताइन् ।

art_of_living_dharan_ppe (2)

तस्बिरः भरतराज शर्मा

त्यस्तै जियाउल हक मेमोरियल ट्रष्टलाई १० थान पीपीई प्रदान गरिने भएको छ । आउँदो सोमबार प्रदान गरिने जनाइएको छ । यसैबीच केही पत्रकारहरूलाई पनि एनके ९५ मास्क पनि प्रदान गरिएको थियो ।