धरान । लकडाउनको मौका छोपेर लागूऔषध कारोबारमा संलग्न एक युवालाई सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् ।

प्रहरी चौक श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति साढे ११ बजेको समयमा सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने कोशी गाउँपालिका–५ बाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ का २२ वर्षीय तनवीर आलम मियाँलाई नियन्त्रणमा लिन सफल भएको छ । एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ । मियाँले बोकेको झोला जाँच गर्ने क्रममा डाइलेक्स डिसी २५ बोतल, स्पास्मोप्रोक्सिभन ७२ क्याप्सुल, नेट्रोट १० लेखिएको २७० ट्याब्लेटसहित २१ ह्जार रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका–५ नेपाल र भारतको दशगजा क्षेत्रबाट दुई वटा मोटरसाइकलमा प्याक रक्सी लाँदै गरेको अवस्थामा बरामद गरिएको छ । को ४ प ६०११ र को ३ प ७०८२ नम्बरको मोटरसाइकलमा लोड गरेर लाँदै गरेको अवस्थामा दिलवाले नामक रक्सी गस्ती टोलीले बरामद गर्न सफल भएको हो । प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइलक छाडेर फरार भएका थिए ।

raksi 1