धरान । प्रदेश २ को रौतहटको इशानाथ नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार बिहान कोरोना भाइरसको संक्रमितको विषयलाई लिएर झडप भएको हो ।

झडपको क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्नका लागि आएको प्रहरीलाई स्थानीयले अवरोध पु¥याएपछि झडपको स्थिति सिर्जना भएको हो । स्थानीयले प्रहरीको गाडीसमेत तोडफोड गरेका छन् ।