धरान । बलात्कारको आरोप लागेको पूर्व डिएसपी राजकुमार खिउजूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।

खिउजूमाथि २१ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । खिउजू हालै प्रहरीबाट अवकासप्राप्त डिएसपी हुन् । सबुत प्रमाणको आधारमा आरोपित खिउजूलाई थुनामा राखेर थप अनुसन्धान गर्नुपर्ने देखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जनाइएको छ ।

प्रहरीमा जागिर लगाइदिने बाहानामा खिउजूले ती युवतीमाथि बलात्कार गरेको उजुरी परेको थियो । उनी यसअघि नै पक्राउ परिसकेका छन् । खिउजूले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै आइरहेका छन् ।