ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

alt
  • जेठ १५, २०७७
  • बसन्त लिम्बू

 ताप्लेजुङ /  ताप्लेजुङमा विहिवार मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । निमार्णाधिन मध्य तमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहर िइन्स्प्ेकटर विष्णूबहादुर खड्काले जानकारी दिए ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाईते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यू भएको बताईएको छ ।

सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

किसानको पीडा बुझिदेऊ ...

किसानको पीडा बुझिदेऊ सरकार अर्थतन्त्रको मेरुदण्ड कृषिप् ...

लकडाउनको अवधिमा घरभ ...

धरान /  लकडाउनको अवधिमा घरभाडा छुट दिने धरानका घरध ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved