लक्ष्मीमार्ग/मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा एक युवाले आमाको हत्या गरेर आफैले घाँटी रेटेका छन् ।

बिहीबार ३१ वर्षीय जीवन लिम्बूले इँटा प्रहार गरी ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताए । आमाको हत्या गरेपछि हतारहतार गरी जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफ्नो घाँटी रेटेर घाइते अवस्थामा भेटिएको इन्स्पेक्टर ढकालले बताए ।

इन्स्पेक्टर ढकालका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोबेल अस्पताल बेलबारीमा मृत्यु भएका हो । जीवन लागूऔषध दुर्व्यसनीमा फसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आमाछोरा बीच सामान्य विवादका क्रममा जीवनले इँटा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।