भद्रपुर । गणतन्त्रको अवसरमा झापा कारागारबाट १७ जनाको कैद मिनाह गरिएको छ ।

कैद मिनाह पाउनेमा १५ पुरुष र बाँकी महिला रहेको झापा कारागारले जनाएको छ । कारागार विभागको नीति अनुरूप उनीहरू कैदमुक्त भएका जेलर राजेन्द्र निरौलाले जनाए ।

सिफारिसका लागि २३ जनाको नामावली विभागमा पठाइए पनि १७ जनाको स्वीकृत भएको उनले जनाए । हाल कारागारमा १ हजार ५० जना पुरुष र ५ आश्रित गरी ८२ जना महिला रहेको उनले जानकारी दिए ।