ताप्लेजुङ । ताप्लेजुङ कारागारका दुई कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा मिक्वाखोला गाउँपालिकाका पेम्बाठूले शेर्पा र सिदिंवा गाउँपालिकाका रमेश विकको सजाय मिनाहा गरिएको कारागार ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए ।

शेर्पालाई कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद तोकिएको थियो भने विश्वकर्मालाई गोरु काटेर मारेको मुद्दामा २ वर्ष कैद तोकिएको थियो । घोषित सजाय मध्ये शेर्पाले ३ वर्ष ९ महिना १३ दिन र विश्वकर्माले १ वर्ष १० महिना ७ दिन कैद भुक्तान गरिसकेका थिए । हाल जिल्ला कारागार ताप्लेजुङमा १ सय ३५ जना कैदी रहेको कार्यालय प्रमुख खवासले बताए ।