• अनिल श्रेष्ठ

विराटनगर /  होसियार ! सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट झुठा अफवाद फैलाउँदै हुनुन्छ ? अनआवश्यक रूपमा सत्यतथ्य नबुझि झुठा अफवाद फैलाउँदै हुनुन्छ भने प्रहरीको फन्दामा पर्नुहोला । बुधबार यस्तै सामाजिक सञ्जाल फेसबुकमा झुठा अफवाह फैलाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले एक जना युवालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका – ९ का दिपक भनिने चेतनाथ देवकोटालाई पक्राउ गरेको हो ।

देवकोटाले सोमबार सुन्दरहरैचा नगरपालिकास्थित झरना पुलमा सडक दुर्घटना भएको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेका थिए । दुर्घटना भएको विषयमा तथ्य सत्य नबुझी देवकोटाले एम्बुलेन्सले ठक्कर दिएको भनी सामाजिक सञ्जालमा झुठा अफवाह फैलाएका थिए । प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान गर्दै जादा साइकल र मोटरसाइकल ठक्कर भई मोटरसाइकल अनियंत्रित भई दुर्घटना भएको बताएको थियो ।

घटनाको सत्यतथ्य नबुझि सामाजिक सद्भाव भड्किने र झुठा सूचना सम्प्रेषण गरेको आरोपमा देवकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देवकोटालाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । सामाजिक सद्भाव भड्किने र झुठा सुचना सम्प्रेषण गर्ने जो कोहिलाई पनि कानुनी कार्वाही गरिने उनले बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । उनले गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार समेत व्यक्त गरेका हुन् ।

‘मुख्यमन्त्रीको सन्देशमा भनिएको छ, सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १३ वर्ष भएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढिरहेको छ ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाई छ । गणतन्त्र दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।