धनकुटा  / नेपाली सेनाको धनकुटाको हिले बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको शंकास्पद मृत्यु भएको छ । यस विषयमा सेनाले केही बताउन चाहेको छैन् । यता परिवारले भने हत्या भएको आरोप लगाएको छ । 

सुनसरी रामधुनी नगरपालिका– ३ घर भएका भट्टराई जेठ ५ गते ब्यारेकमा नै अचेत अवस्थामा भेटिएको भनी सैनिक टोलीले सोमबार विराटनगरस्थित विराट मेडिकल कलेजमा पु¥याएका थिए । 

आफन्तले भने मंगलबार मात्र जानकारी पाएको बताउदैं आएका छन् । आफन्तले घटनाको छानविनको माग गदैं शव बुझ्न मानेका छैनन् ।  मृतकको शरीरमा चोट भएका बताइएको छ । 

घटना छानबिनको माग गर्दै मंगलबार आफन्त र छिमेकी सैनिक ब्यारेक  धनकुटा जादैं गर्दा  प्रहरीले सुनसरी र धनकुटाको सिमाना भेडेटारबाटै फर्काइदिएको मृतकका आफन्तले दिए । आफन्तका अनुसार टाउकोको शल्यक्रिया गर्ने बेला मात्र आफन्तलाई खबर गरेर मृत्युको साथी बस्न लगाएको आफन्तको भनाई छ । 
अस्पतालमा भएको शव आफन्तले नबुझे पछि आफन्तले शव बुझ्न नमानेपछि नेपाली सेनाले नै शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यस  विषयमा नेपाली सेनाका बहानीपति यमप्रकाश ढकालले गत जेठ छ गते बेहोस भइर ढलेको अवस्थामा फेला पारी उपचारको लागि विराटनगर पठाइएको जानकारी दिए । टाउकोमा समस्या भएका कारण सोमबार मृत्यु भएको चिकित्सकले जानकारी दिएको बताए । के भएको भन्ने पोष्टमाटृमा रिर्पाेटबाट सबै खुल्ने उनले बताए ।