धरान । धरान प्रहरीले ९ नम्बर वडाको बगैचा चोकबाट एक युवालाई भारी परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ ।

धरान–९ बगैचा चोकमा डेरा गरी बस्दै आएका सुभचन्द्र राईलाई प्रहरीले २ लाख ३७ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो । वडाका एक जनप्रतिनिधिका अनुसार २५ केजीको बोरामा एक बोरा जति लागूऔषध बरामद गरेको थियो । त्यस्तै २ लाख ३७ हजार रुपैयाँ नगद पनि पनि बरामद भएको सुन्नमा आएको ती जनप्रतिनिधिले जानकारी दिए ।

received_1442741695913816

ती जनप्रतिनिधिका अनुसार ती युवा लकडाउन अघिसम्म गाडीमा कन्टेक्टर काम गर्दै आएका थिए । लकडाउनपछि उनी कोठामै बस्दै आएका थिए । सानो चिया पसलसमेत सञ्चालन गर्दै आएका उनी परिवार पनि रहेको थियो । ती युवाले साथीहरूले ल्याएर राखेका कारण आफू फसेको बताएको ती जनप्रतिनिधिले बताए । ‘म पुग्दा २५ केजी अट्ने बोरामा लगभग भरी नै लागूऔषध पक्राउ गरेको रहेछ, त्यो युवा गाडीको कन्टेक्टर पनि काम गथ्र्यो’ उनले भने, ‘अरू साथीहरूले ल्याएर राखेको थियो । कसले उजुर गरेछ म फसे भनेर भन्दै थियो ।’,

डिएसपी ढुण्डीराज न्याैपानेलाई बुझ्दा पक्राउ गरेकाे पुष्टि गरे । डिएसपी न्याैपानेका अनुसार ८० बोतल डाइलेक्स डिसी, १२८० ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ३ सय ट्याब्लेट नाइट्रोसन बरामद गरिएको छ ।