धरान । मोरङको केराबारी गाउँपालिका–९ स्थित भित्री सडक खण्डमा रुखको हाँगोले लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को ३८ प १०७१ नम्बरको मोटरसाइकलमा सवार रहेका उनी रुखको हाँगोमा ठोक्किन पुग्दा केराबारी ९ का विकास गुरुङको ज्यान गएको हो । उनको विराट नर्सिङ होममा उपचारका लागि पु¥याएको केही समय नबित्दै मृत्यु भएको पुष्टि चिकित्सकहरूले गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

३० वर्षीय चालक गुरुङले चलाएको मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ झरनापुलमा को ३ प ९७६२ नम्बरको मोटरसाइकले साइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गोविन्द बजगाईंको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोरङका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए ।