भण्टाबारी । सुनसरी प्रहरीले नक्कली पेस्तोल र लागूऔषधसहित तीनजना युवाहरुलाई पक्राउ गरेको छ ।
 
सुनसरी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको इन्स्पेक्टरसहितको टोलीले आज बिहानको ४:५० बजेको नक्कली पेस्तोल र लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको हो । नक्कली पेस्तोल र लागूऔषधसहित पक्राउ पर्नेहरूमा जिल्ला सुनसरी कोशी गाउँपालिका-१ लौकहीका शोसिल साह, अमन साह र गणेशकुमार साह छन् ।
 
उनीहरूको साथबाट नक्कली पेस्तोल एक थान, डाइलेक्स डिसी ४७ बोतल, नाट्रोजन ९० ट्याब्लेट, स्पास्मोप्राेक्सिभन २३ क्याप्सुल र कौडा २१ थान बरामद सुनसरी प्रहरीले जनाएको छ ।