मेषः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

बृषः पुनर्मिलनको योग पनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।

मिथुनः कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

कर्कटः आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंहः आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

कन्याः आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

तुलाः शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि बढ्ने योगपनि देखिन्छन् ।

बृश्चिकः आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा अविवृद्धिपनि हुनेछ ।

धनुः शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । बन्दव्यापार सामान्य बन्दै जानेछ ।

मकरः आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भः आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीनः आज दबाव र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल हाम्राे पात्राे