धरान । लागूऔषधसहित सुनसरी प्रहरीले एक युवालाई सुनसरीको भोक्राहा नससिंह गाउँपालिका क्षेत्रबाट पक्राउ गरेको छ ।
जेठ १० गते साँझको समयमा लकडाउनको मौका छोपेर भोक्राहा नरसिंहा गाउँपालिका ३ का २४ वर्षीया प्रभुनारयाण यादवलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को ३३ प ७५३२ नम्बरको मोटरसाइलकमा दक्षिणबाट उत्तरतर्फ आउँँदै गरेको समयमा प्रहरीले रोक्न खोज्दा भागेपछि पक्राउ गरी शरीर खानतलासी गर्दा रातो रंगको कपडामा लागूऔषध फेला परेको छ ।
उनको साथबाट डाइलेक्स डिसी १०० एमएलको १५ बोतल, नाइट्रोसन १० लेखिएको १०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन २४ क्याप्सुल बरामद भएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालतमा सोमबार म्याद थप गरिसकिएको जनाइएको छ ।